दफा १६९
लिखत पेश गर्न अदालतले आदेश दिन सक्ने

(१) मुद्दाका पक्षले प्रस्तुत गर्न नसकेको वा नसक्ने तर मुद्दामा ठहर गर्न आवश्यक पर्ने कुनै प्रमाण कुनैव्यक्तिको साथमा कब्जामा रहेको छ भन्ने अदालतलाई लागेमा अदालतले अवधि तोकी मुद्दाको कारबाहीको क्रममाजुनसुकै बखत प्रमाण पेश गर्न त्यस्तो व्यक्तिलाई आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रमाण पेश गर्न आदेश भएकोमा सम्बन्धित व्यक्तिले आदेशमा तोकिएको अवधिभित्र अदालतमा आफैँउपस्थित भई वा अरु कुनै व्यक्ति मार्फत त्यस्तो लिखत पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम लिखत पेश नगर्ने वा लिखत पेश गर्न नसकेको मनासिब कारण समेत उल्लेख नगर्ने व्यक्तिलाईअदालतले दश हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।